काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा ३३ दशमलव ०८ अङ्कको गिरावट देखिएको छ । आज मंगलवार नेप्से परिसूचक एक दशमलव २६ प्रतिशतले घटेर २ हजार ५ सय ७६ दशमलव ५० बिन्दुमा कायम भएको हो ।
आज ३ सय ८ कम्पनीको १ करोड ३१ लाख ७४ हजार ३ सय ७९ कित्ता शेयर ६९ हजार ९ सय २३ पटक खरिदबिक्री हुँदा ५ अर्ब ६७ करोड ४६ लाख ८६ हजार रूपैयाँ बराबरको कारोबार भएको छ ।
वित्त कम्पनीको शेयर मूल्यमा आज उच्च अङ्कको गिरावट आएको छ । वित्त समूह ५ दशमलव १९ प्रतिशतले घटेको हो ।
कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै प्रभु बैंक लिमिटेडको ३५ करोड ९४ लाख ९२ हजार ३४ बराबरको १५ लाख ८ हजार ५ सय ५७ कित्ता शेयर किनबेच भएको छ ।
प्रतिक्रिया