सियोल । थाइल्याण्डको बैङ्ककबाट उडेको जेजु एयरको विमान ७ सी २२१६ रनवेबाट चिप्लिँदा धावनमार्गको बाहिरी भित्तामा ठोक्किएर दुर्घटनाग्रस्त हुँदा १६७ को मृत्यु भएको छ ।
विमानमा सवार १८१ जनामध्ये ३३ र २५ वर्षका २ जना चालक दलका सदस्यबाहेक सबैको मृत्यु भएको अनुमान गरिएको छ । विमानमा १७३ दक्षिण कोरियाली र थाइल्याण्डका दुई नागरिकसहित १७५ यात्रु रहेका थिए भने ६ जना चालक दलका सदस्य थिए ।
दुर्घटनाग्रस्त विमान राजधानी सियोलबाट करिब २९० किलोमिटर दक्षिणपश्चिममा रहेको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा स्थानीय समयअनुसार आइतबार बिहान ९:०७ बजे दुर्घटनाग्रस्त भएको थियो । रासस/सिन्ह्वा
प्रतिक्रिया