काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले मुलुकका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान माहाशाखाले जनाएको छ ।
महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार शनिवार सुदूरपश्चिम प्रदेशको केही स्थान तथा कर्णाली प्रदेशको एक-दुई स्थानमा हल्का वर्षा र हिमपात भएको छ ।
तराई तथा उपत्यकाका केही स्थानमा हुस्सु-कुहिरोको सम्भावना रहेकाले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उड्डयनमा आंशिक असर पर्न सक्ने हुँदा सतर्कता अपनाउन मौसमविद् लामिछानेले अनुरोध गर्नुभयो ।
पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले गर्दा बुधबारसम्म मौसममा बदली रहने र अधिकतम तापक्रम घट्ने हुँदा चिसो बढ्ने मौसम पूर्वानुमान माहाशाखाले जनाएको छ । रासस
प्रतिक्रिया