logo
७ माघ २०८१, सोमबार

सिस्नेरी-दक्षिणकाली सडक पुष ३ देखि ११ गतेसम्म बन्द

मकवानपुर । हेटौँडाबाट सङ्घीय राजधानी काठमाडौँ जोड्ने सिस्नेरी-दक्षिणकाली सडकमा आज बुधवारदेखि यही पुस ११ गतेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले सो सडक अन्तर्गत दक्षिणकाली-छैमलेमा कालोपत्र गर्न लागिएको सवारी सञ्चालनमा रोक लगाइएको जानकारी दिनुभयो ।

यस्तै सडक स्तरोन्नतिका लागि कुलेखानी-फाखेल-मातातीर्थ सडकमा पनि यातायात सञ्चालनमा रोक लगाइएको छ । सो सडक बन्द हुँदा हेटौँडाबाट काठमाडौँ जोड्ने अन्य सडकमा भने हाल सवारीसाधन सञ्चालन भइरहेको प्रहरीले जनाएको छ ।

ताजा अपडेट
TOP