![](https://sambadnepal.com/wp-content/uploads/2024/11/320x405-1.png)
![](https://sambadnepal.com/wp-content/uploads/2024/11/320x405-1.png)
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेमाथिको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाइएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीले सोमवार सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको प्रहरीका प्रवक्ता वसन्तकुमार शर्माले जानकारी दिनुभएको छ ।
सहकारी ठगीसम्बन्धी मुद्दामा कात्तिक २ गते काठमाडौँबाट प्रक्राउ गरी उहाँलाई पोखरा ल्याइएको थियो । सहकारी ठगी लगाएतका मुद्दामा अनुसन्धान तथा बयान लिनेक्रममा रास्वपा सभापति लामिछानेलाइ रूपन्देही, काठमाडौँ, चितवन र पर्सा लगिएको थियो ।
समाचारस्रोतका अनुसार सरकारी वकिलको कार्यालय कास्कीले अदालतमा मुद्दा दर्ता गर्ने तयारी गरेको छ । मुद्दा दर्ता भएपछि रास्वपा सभापति लामिछाने धरौटीमा छुट्न सक्ने संभावना रहेको छ ।
प्रतिक्रिया