नेपाल पत्रकार महासंघको अध्यक्षमा युनियन-चैतारीको संयुक्त समूहका निर्मला शर्माले अग्रता बढाउनु भएको छ ।
पछिल्लो मत परिणाम अनुसार प्रेस सेन्टर लगाएतका संगठनहरुको समूहका रमेश विष्ट भन्दा शर्मा ११ सय ४४ मतले अगाडि हुनुहुन्छ ।
निर्वाचन समितिले सार्वजनिक गरेको पछिल्लो मत परिणाम अनुसार शर्माले ३ हजार ९७३ मत ल्याउँदा विष्टले २ हजार ८२९ मत पाउनुभएको छ ।
अहिलेसम्म काठमाडौँ उपत्यका, कोशी, गण्डकी, लुम्बिनी, बागमती र प्रतिष्ठानका ६ प्रदेशको मतगणना सम्पन्न भएको छ ।
प्रतिक्रिया