logo
७ माघ २०८१, सोमबार

मुग्लिन-पोखरा सडक पॉच दिन आंशिक प्रभावित हुने

दमौली । मुग्लिन-पोखरा सडकअन्तर्गत शुक्लागण्डकी नगरपालिका-२ कोत्रे खण्ड पाँच दिनसम्म आंशिक प्रभावित हुने भएको छ ।

जामुने बजारदेखि कास्कीको सेतीपुलसम्मको सडक स्तरोन्नति थालिएकाले भोलि शनिबार बिहान ८:०० देखि सॉझ ६:०० बजेसम्म सवारी आवागमन आंशिक प्रभावित हुने मुग्लिङ-पोखरा सडक योजना (पश्चिम खण्ड) ले जनाएको छ ।

कोत्रेखोला पुलमा ‘गिर्डर लन्चिङ’ गरिने भएकाले उक्त सडक खण्डमा एक पटकमा बढीमा एक घण्टा यातायात सञ्चालन प्रभावित हुने योजनाले जनाएको छ ।

ताजा अपडेट
TOP