काठमाडौँ । सधैँ अरुका खबर लेख्ने पत्रकार अहिले आफैँ खबर बनेका छन् । नेपाल पत्रकार महासङ्घको केन्द्र, प्रदेश, जिल्लाशाखा र प्रतिष्ठान शाखाहरुको भोलि विहिवार हुने निर्वाचनले उनीहरू खबरमा छाएका हुन् ।
अहिले देशभरका सञ्चारकर्मी चुनावमा व्यस्त छन् । बुद्धिजीवी, विश्लेषक र पत्रकारिताक्षेत्रसँग चासो राख्ने सबैबीच चुनावको चर्चा छ । महासङ्घ केन्द्रीय समितिका पदाधिकारी र विभिन्न क्षेत्र (क्लष्टर)बाट प्रतिनिधित्व हुने केन्द्रीय सदस्यका लागि उमेद्वारहरु समूहमा र एक्लाएक्लै भोट माग्दै हिँडेका छन् ।
यो पटकको निर्वाचनमा पत्रकारका सङ्गठनहरुले अघिल्लो चुनावभन्दा फरक गठबन्धन गरेका छन् । नेपाल प्रेस युनियन र प्रेसचौतारी नेपाल एउटा गठबन्धनमा छन् । त्यस्तै, प्रेस सेन्टर नेपाल, समाजवादी प्रेस सङ्गठन र प्रेस मञ्च नेपालसहितका सङ्गठनले अर्को गठबन्धन गरेका छन् । केन्द्रदेखि जिल्लासम्म नै यी गठबन्धनको प्रभाव देखिएको छ ।
प्रतिक्रिया