logo
१० माघ २०८१, बिहीबार

जाजरकोटमा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु

सुर्खेत । जाजरकोटको नलगाड नगरपालिका-५ कालीमाटीबाट वडा नम्बर–३ कटकेतर्फ गइरहेको बोलेरो जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । घाइतेमध्ये एक जनाको उपचार स्थानीय अस्पतालमा उपचार भइरहेको   छ ।

उक्त स्थानमा ग३च ९४४५ नम्बरको जिप बुधवार राति दुर्घटना हुँदा नलगाड नगरपालिका-३ का जिप चालक इन्द्रजित थापा, शिला पुन, शारदा थापा, लक्ष्मी पुन रोका र निजका छोरा आलोचन रोकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अर्जुन तिमिल्सिनाले बताउनुभयो ।

TOP