logo
७ माघ २०८१, सोमबार

पाँच दिन लगातार घटेको नेप्से आज उच्च अङ्कले बढ्यो

पाँच दिन लगातार घटेको नेप्से आज उच्च अङ्कले बढ्यो

काठमाडौँ । पछिल्लो पाँच कारोबार दिन लगातार घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज भने उच्च अङ्कको वृद्धि देखिएको छ ।

आज बुधवार नेप्से परिसूचक ४५ दशमलव ८८ अङ्कले बढेर २ हजार ७ सय १५ दशमलव ७१ को विन्दुमा कायम भएको हो । यो एक दशमलव ७१ प्रतिशतको वृद्धि हो । परिसूचक बढेपनि कारोबार रकम भने ५ अर्बमा खुम्चिएको छ ।

आज ३ सय ८ कम्पनीको १ करोड १३ लाख ८६ हजार ८ सय ५४ कित्ता शेयर ५६ हजार ३ सय ५० पटक खरिदबिक्री हुँदा  ५ अर्ब ५ करोड ६ लाख ५४ हजार ४ सय ५० बराबरको कारोबार भएको छ ।

सबै समूहको उपसूचक बढ्दा म्युचुअल फण्ड उपसमूह भने शून्य दशमलव ३४ प्रतिशतले घटेको छ । आज बैंकिङ समूह सबैभन्दा बढी ३ दशमलव ४३ प्रतिशतले बढेको छ ।

न्यादी हाइड्रोपावर लिमिटेडको शेयर मूल्य आज सबैभन्दा बढी ९ दशमलव ९७ प्रतिशतले बढेको छ । सबैभन्दा बढी घट्नेमा खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्य ९ दशमलव ९९ प्रतिशत रहेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा बढी जानकी फाइनान्स कम्पनी लिमिटेडको ३६ करोड १५ लाख २ हजार ४ सय ४३ बराबरको शेयर किनबेच भएको छ ।

ताजा अपडेट
TOP