logo
७ माघ २०८१, सोमबार

कपिलवस्तुको सडक दूर्घटनामा दुइ जनाको मृत्यु

बुटवल । कपिलवस्तुको तौलिहवा(भैरहवा सडक खण्डको गुलरीमा बस र कार एक आपसमा ठोकिदा २ जनाको मृत्यु भएको छ ।

कपिलवस्तुको शुद्धोधन गाउँपालिका -३ गुलरीमा भैरहवादेखि तौलिहवातर्फ आउँदै गरेको लु २ ख २३१ नम्बरको बस र विपरीत दिशातर्फ जाँदै गरेको बा १४ च ७४४८ नम्बरको कार तथा १ मोटरसाइकल समेत एक आपसमा ठोकिदा २ जनाको मृत्यु र ११ जना घाइते भएको प्रहरीले जनाएको छ ।

प्रहरीले दिएको जानकारी अनुसार उक्त दूर्घटनामा गंभीर घाइते भएका ४ जनाको सिद्धार्थ नगर सिटी हस्पिटल र मेडिकल कलेज भैरहवामा उपचार हुँदै छ । सामान्य घाइते भएका ७ जनाको स्थानीय अल्सेक अस्पतालमा उपचार भइरहेको छ ।

ताजा अपडेट
TOP