logo
१० माघ २०८१, बिहीबार

जाजरकोटको कुशे-७ मा कांग्रेसका सिंह विजयी

 

सुर्खेत । जाजरकोटको कुशे गाउँपालिका-७ को वडाध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार खम्बबहादुर सिंह विजयी हुनुभएको छ । उक्त पदका लागि आइतवार भएको उपनिर्वाचनमा कांग्रेस उम्मेदवार सिंहले तीन सय ४७ मत ल्याएर विजयी हुनुभएको हो ।

मुख्य निर्वाचन अधिकृत श्यामलाल घिमिरेका अनुसार उहाँका निकटम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका गोरखबहादुर नेपालीले तीन सय ३२ मत प्राप्त गर्नुभयो । त्यस्तै नेकपा एमालेका डम्बरबहादुर घर्तीले दुई सय ५२ मत प्राप्त गर्नुभयो ।

कूल एक हजार तीन सय दुई मतदाता रहेकामा नौ सय ९५६ जनाले मतदान गरेका मुख्य निर्वाचन अधिकृत घिमिरेले बताउनुभयो ।

TOP