काठमान्डाैँ । नेपाल विद्युत् प्राधिकरणले केही वर्ष पहिले उद्योग तथा कम्पनीमा जोडिएको डेडिकेटेड तथा ट्रङ्कलाइनको महसुल असुलीका लागि उद्योगको लाइन काट्ने प्रक्रिया रोकेर अहिले नयाँ विकल्प प्रयोग गर्न थालेको छ ।
विद्युत् नियमन आयोगले मङ्गलबार विवादित उद्योगहरूको विद्युत् आपूर्ति विच्छेद नगर्न तथा असुलीका अन्य उपाय प्रयोग गर्न निर्देशन दिएपछि प्राधिकरणले नयाँ कदम चालेको हो ।
विद्युत् प्राधिकरणले बुधबार नेपाल राष्ट्र बैङ्क, धितोपत्र बोर्ड र कम्पनी रजिस्ट्रार कार्यालयलाई पत्राचार गरी महसुल असुलीका लागि आवश्यक सहयोग गर्न आग्रह गरेको छ ।
प्राधिकरणले राष्ट्र बैङ्कमा पठाइएको पत्रमा उद्योगीहरूको सूची र तिनले तिर्नुपर्ने बक्यौता खुलाई महसुल असुल नभएसम्म सम्बन्धित बैंक खाताबाट रकम झिक्न नमिल्ने गरी २८ कम्पनीको खाता रोक्का गरिदिन आग्रह गरिएको छ ।
प्रतिक्रिया