logo
४ माघ २०८१, शुक्रबार

स्कुल बस पिकनिकबाट फर्कदा दुर्घटना : २८ जना घाइते

भरतपुर । चितवनको उपरदाङगढीको पिकनिक कार्यक्रमबाट फर्कंदै गरेको स्कुल बस दुर्घटनामा परेको छ । कालिका नगरपालिका–४ पदमपुरस्थित चित्रवन माविको मधेश प्रदेश ०३-०११ क २६७७ नंको बस शनिवार साँझ ५ बजे कालिका नगरपालिका-९ द्रब्यटारमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

सो दुर्घटनामा परेर चालकसहित २७ जना विद्यार्थी र एक शिक्षिका गरी २८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतोले जानकारी दिनुभयो । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ ।

शनिवार साँझ चितवन मेडिकल कलेजमा २२ र पुरानो मेडिकल कलेजमा ६ जनाको उपचार भइरहेको उहाँले बताउनुभयो । प्रहरी नायब उपरीक्षक महतोका अनुसार ३० जना विद्यार्थीसहित ३२ जना बसमा सवार थिए ।

TOP