logo
४ माघ २०८१, शुक्रबार

दैलेखको सिस्नेमा बस दुर्घटना हुँदा ८ जना घाइते

सुर्खेत । कर्णाली राजमार्गको दैलेख सडकखण्ड, आठविस नगरपालिका-३ सिस्नेमा बस दुर्घटना हुँदा आठ जना घाइते भएका छन् । बसको ब्रेक फेल भई भित्तामा ठोकिएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

जिल्ला ट्राफिक कार्यालयका प्रमुख टोपबहादुर महताराले दिएको जानकारी अनुसार जुम्लाबाट टीकापुर गइरहेको ना४ख ६०५६ नं को बस दुर्घटना भएको हो ।

सडकमै बस पल्टिएर दुर्घटनाग्रस्त भएको बसमा ३२ जना यात्रु सवार थिए । घाइतेलाई उपचारका लागि सुर्खेत पठाइएको प्रहरीले जनाएको छ ।

TOP