logo
४ माघ २०८१, शुक्रबार

ओखलढुङ्गा जिसस प्रमुखमा कांग्रेस उम्मेदवार भट्टराई निर्विरोध

काठमाडौँ । जिल्ला समन्वय समिति ओखलढुङ्गाको प्रमुख पदमा नेपाली कांग्रेसका उम्मेदवार टेकराज भट्टराई निर्विरोध निर्वाचित हुनुभएको छ ।

स्थानीय तह उपनिर्वाचन-२०८१ मा आज आइतवार उम्मेदवारी दर्ता गराउनुभएका उहाँ निर्विरोध निर्वाचित हुनुभएका नेपाली कांग्रेसले जनाएको छ ।

कांग्रेसका उम्मेदवारलाई निर्विरोध निर्वाचित गराउन अहम् भूमिका निर्वाह गर्नुभएका अन्य राजनीतिक दल एवं सम्पूर्ण जनप्रतिनिधिहरूलाई नेपाली कांग्रेस केन्द्रीय कार्यालयले धन्यवाद व्यक्त गरेको छ ।

TOP