logo
शुक्रबार, ३० जेष्ठ २०८२

सहकारी प्रकरणमा कांग्रेस उपसभापति गुरुङ सीआईबीको घेरामा

काठमान्डौँ । सहकारी रकम हिनामिना प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङसँग बुधबार बयान लिएको छ ।

समाचारस्रोतका अनुसार बुधबार दिउँसो करिब पाँच घण्टा पूर्व कानून मन्त्री समेत रहेका उपसभापति गुरुङका बारेमा उठेका प्रश्नहरुको सम्बन्धमा सीआईबीले बयान लिइएको हो ।

कांग्रेस उपसभापति गुरुङको सम्बन्ध विच्छेद गरिएको भनिएकी श्रीमति ज्योति गुरुङ सहकारी ठगी प्रकरणमा परेपछि उहाँ पनि विवादमा तानिनु भएको हो ।

TOP