

काठमान्डाैँ । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीले जापान भ्रमण विवादमा परेपछि बुधबार राजीनामा दिनुभएको छ ।
राजीनामा दिए लगत्तै मन्त्री अधिकारीले आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले आफूलाई मानव तस्करको गिरोहले उपयोग गर्न खोजेको थाहा पाएपछि विमानस्थलबाटै फर्केको बताउनु भएको छ ।
तर जापान भ्रमणका लागि जानुभएका मन्त्री अधिकारीलाइ मानव तस्करीमा संलग्न भएको आशंकामा भ्रमण पुरा नहुँदै फर्काइएको समाचारस्रोतको दावी छ ।
नेकपा एमालेबाट निर्वाचित हुनुभएका अधिकारीले जापान भ्रमणका वारेमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई मौखिक जानकारी गराएको तर मन्त्रिपरिषद्बाट स्वीकृत भएको थिएन ।
प्रतिक्रिया