सुर्खेत । सुर्खेतकाे वीरेन्द्रनगर- ७ कपासेमा फाेर्स गाडी दुर्घटना हुँदा २६ जना घाइते भएका छन् । कर्णाली प्रदेश ०२००१ ख १८८ नम्बरको फोर्स गाडी नेपाली सेनाको कालिबहादुर गणको मुल गेट नजिकको घुम्तीमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएकाे छ।
प्रहरीका अनुसार बुधबार सुर्खेतकाे रामघाटबाट वनभोज खान वीरेन्द्रनगरको कटकुवा गएर फर्किँदै गरेको गाडी दुर्घटनामा परेको हो ।
घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायव उपरीक्षक वीरेन्द्रविर विश्वकर्माले बताउनुभयाे। उहाँका अनुसार केही मध्यम खालको छन् भने केही सामान्य घाइते रहेका छन् ।
घाइते सबैकाे प्रदेश अस्पताल कालागाउँमा उपचार भइरहेकाे उहाँले जानकारी दिनुभयाे ।
प्रतिक्रिया