logo
७ माघ २०८१, सोमबार

अमेरिकाको राष्ट्रपती पदको निर्वाचनमा डोनाल्ड ट्रम्प विजयी

 

काठमान्डौँ । अमेरिकाको राष्ट्रपती पदका लागि भएको निर्वाचनमा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प विजयी हुनुभएको छ ।

पूर्व राष्ट्रपतिसमेत रहेका ट्रम्पले २७० वढि इलेक्ट्रोरल मत प्राप्त गर्दै जित निश्चित गर्नु भएको हो ।

अमेरिकामा राष्ट्रपतिको निर्वाचन जित्न २७० इलेक्ट्रोरल मत चाहिन्छ । सिएनएनका अनुसार रिपब्लिकन पार्टीका उम्मेदवार ट्रम्पले २७६ इलेक्ट्रोरल मत प्राप्त गरीसक्नु भएको छ ।

अमेरिकाको उपराष्ट्रपति समेत रहेकी डेमोक्र्याटिक पार्टीकी उम्मेदवार कमला ह्यारिसले २१९ इलेक्ट्रोरल मत प्राप्त गर्नु भएको छ ।

पपुलर मतमा पनि ट्रम्प नै अगाडि रहनु भएको छ । ट्रम्पले ७ करोड ८ लाख ७७ हजार ४८४ मत प्राप्त गर्नु भएको छ । ह्यारिसले ६ करोड ५८ लाख १२ हजार ७५९ मत प्राप्त गर्नु भएको छ ।

सन् २०१६ मा डेमोक्र्याटिक पार्टीकी हिलारी क्लिन्टनलाई हराएर ट्रम्प पहिलो पटक राष्ट्रपति बन्नु भएको थियो । तर सन् २०२० मा डेमोक्र्याटिक पार्टीका जो बाइडेनसंग ट्रम्प पराजित हुनु भएको थियो ।

TOP