logo
बिहीबार, २६ असार २०८२

प्रतिनिधिसभामा प्रतिपक्षीद्वारा अवरोध कायम भएपछि बैठक स्थगन

काठमाडौँ ।  प्रतिनिधिसभाको बैठकमा आज पनि प्रतिपक्षी दलहरूले अवरोध गरेका छन् ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा दिनुपर्ने अडान राख्दै विपक्षी दलहरूले २ सातादेखि निरन्तर बैठक अवरोध गर्दै आइरहेका हुन् ।

आज बुधवारको बैठक सुरु भएलगत्तै विपक्षी दलका सांसदहरूले उठेर नाराबाजीसहित विरोध जनाउनुभयो । सभामुख घिमिरेले विपक्षी दलका सांसदहरूलाई अवरोध नगर्न आग्रह गर्नुभयो ।

बैठकमा सभामुख देवराज घिमिरेले विपक्षी दलका सांसदहरूलाई अवरोध नगर्न आग्रह गर्नुभयो ।

उहाँले दलीय आधारमा सदनमा बोल्न समय उपलब्ध गराउने पटकपटक आग्रह गर्दा पनि छलफलका लागि वातावरण बन्न सकेन ।

सत्तापक्षका सांसदहरूले पनि गृहमन्त्रीले संसद्मा बोल्न पाउनुपर्ने माग राख्दै आउनुभएको छ ।  बैठकअघि सत्ता र प्रतिपक्षी दलहरूबीच निरन्तर छलफल हुँदा पनि सहमति जुट्न सकेन ।

बुधवारको बैठक पनि कार्यसूचीमा प्रवेश गर्नुअघि स्थगन भयो । प्रतिनिधिसभाको अर्को बैठक यही जेठ २९ गते बिहीबार दिउँसो ३ बजे बस्ने भएको छ ।

TOP