काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले साफ महिला फुटबलको उपाधि जित्न नसके पनि नेपाली खेलाडीले उत्कृष्ट प्रदर्शन भन्दै प्रशंसा गर्नुभएको छ ।
बुधवार साँझ भएको फाइनल खेलमा बङ्गलादेशले नेपाललाइ २–१ गोलले जितेपछि प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालबाट अब अर्को खेल जित्ने गरी मेहनत हुने विश्वास व्यक्त गर्दै नेपाली टोलीलाई धन्यवाद दिनुभएको हो ।
साफ महिला फुटबलको फाइनल खेल हेर्न दशरथ रंगशाला पुग्नुभएका प्रधानमन्त्री ओलीले खेलमा विजयी खेलाडीलाई ट्रफी र पुरस्कार प्रदान गर्नुभएको थियो ।
प्रतिक्रिया