logo
३ माघ २०८१, बिहीबार

संविधान संशोधनका सवालमा बहस प्रारम्भ

संविधान संशोधनका सवालमा बहस प्रारम्भ

काठमाडौं । संविधान संशोधनका सवालमा राजनीतिक नेतृत्वबीच सहमतिको बहस प्रारम्भ भएको छ । गतअसार १७ मा संसदका दूई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेबीच राजनीतिक स्थिरता, संविधान संसोधन र सुशासनलाई आधार बनाएर नयाँ सत्ता समिकरण भएसंगै चर्चा मा आएको संविधान संसोधनको एजेण्डालाई दलहरुले बहसको विषय बनाएका हुन ।

सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एमाले काअध्यक्ष केपी शर्मा ओली र आफूले संविधान संशोधन गरेर जाने विषयमा सहमति गरेको बताउनु भएको छ । कांग्रेसका नेता, समाजवादी चिन्तक प्रदीप गिरीको दोस्रो स्मृतिमा आयोजित ‘राजनीतिमा निष्ठा र नैतिकता’विषयक बहसमा सभापति देउवाले एमालेसँग भएको संविधान संशोधन गर्ने सहमति लुकाउनुपर्ने विषय नरहेको स्पष्ट पार्नु भयो ।

नेका केन्द्रीय सदस्य नैनसिंह महर अध्यक्ष रहेको स्कुल अफ डेमोक्रेसीले आयोजना गरेको उक्त कार्यक्रममा सभापति देउवाले गत असार १७ मा भएको सातबुँदे सहमतिलाई लक्षित गर्दै सबैसँग सल्लाह र छलफल गरेर मात्रै संविधान संशोधन गरिने विश्वास दिलाउने प्रयास गर्नु भयो । ‘संविधानमा केही संशोधन गर्ने कुराहरू ओलीजी र मेराबीचमा सहमति भएको हो । केही कुरा आएका छन् । यहाँ लुकाउनुपर्ने कुरै छैन । यो षड्यन्त्र होइन, सबैसँग सल्लाह गरेर गर्ने कुरा हो’, देउवाले भन्नुभयो ।

उहाँले राष्ट्रिय सभाअध्यक्ष को बन्ने भन्नेजस्ता विषयमा पनि छलफल आवश्यक रहेको भन्दै सबैमा सहमति हुँदा उपराष्ट्रपति नै राष्ट्रिय सभा अध्यक्ष हुने व्यवस्था गर्न सकिने बताउनुभयो । कांग्रेस सभापति देउवाले भन्नुभयो ‘यदी सहमति हुन्छ भनेदेखि उपराष्ट्रपति नै राष्ट्रिय सभाअध्यक्षहुने व्यवस्थाहुन सक्दछ, जुन भारत लगायत अरू देशमा पनि अभ्यास छ ।’ओलीजीसँग धेरै विचार विमरस गरेको र सहमति पनि भएको भन्दै उहाँले माओवादी, नेकपा एकीकृत समाजवादी पार्टीसहित सबैलाई एक एकसाथ लिएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । सो कार्यक्रममा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संविधान संशोधन गर्ने विषयमा दलहरुबीच खुला बहस हुनुपर्ने विचार व्यक्तगर्नुभयो ।

कांग्रेस एमालेबीच भएको सहमतिको विषयमा असन्तुष्टि व्यक्तगर्दै नेपालले अचानक मध्यरातमा हस्ताक्षर गर्नाले नियतमाथि प्रश्न उठेको टिप्पणी गर्नुभएको छ । त्यस्तै नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय सहमतिको सरकार गठन गर्नकालागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नमानेको दाबी गर्नुभयो । कांग्रेस सभापति देउवासँगको सहमतिपछि अध्यक्ष ओलीले प्रचण्डसँगको भेटमा तीन दलबीचको सहकार्यको प्रस्ताव राख्दा प्रचण्डले नमानेको उहाँको दाबी छ । संविधान संशोधन गरेर जाने विषय मुलुक र जनताको आवश्यकताका आधारमा सबैको सहमति अनुसार नै हुने महासचिव पोखरेलको भनाई छ ।

TOP