भरतपुर । चिसो मौसममा निमोनिया गराउने ‘भाइरस’ सक्रिय हुने हुँदा यसबाट बच्न विज्ञ चिकित्सकको सुझाव छ । जाडो मौसममा बालबालिकादेखि बृद्धबृद्धासम्मलाई निमोनियाको संक्रमण धेरै हुने जनाउँदै सावधानी अपनाउन सुझाव दिइएको हो ।
केही वर्ष अघिसम्म राजधानी बाहिर विशिष्टिकृत सेवा अभाव हुँदा बिरामीहरु काठमाण्डौं केन्द्रीत हुने गर्दथे । पछिल्ला दिनहरुमा विशिष्टिकृत सेवा राजधानी बाहिर पनि उपलब्ध हुन थालेपछि निमोनियाका कारण अकालमा ज्यान जाने क्रम घटेको छ ।
चितवन मेडिकल कलेज शिक्षण अस्पतालमा सेवा दिंदै आउनु भएका प्रा।डा।शीतल अधिकारी चिसो मौसममा अन्य समयमा भन्दा बढी निमोनिया हुन सक्ने बताउनुहुन्छ । रुघा, खोकी, ज्वरो आउनेबित्तिकै बोलीचालीको भाषामा निमोनिया लाग्यो भनिने भए पनि त्यो निमोनिया नभएको उहाँको भनाई छ ।
प्रा।डा। अधिकारीले भन्नुभयो “निमोनियामा साधारणतया एक्सरे गरेर हे¥यो भने फोक्सोमा सेतो दाग देखिन्छ त्यो निमोनिया हो ।” निमोनिया फोक्सोमा हुने एक प्रकारको संक्रमण भएको भन्दै उहाँले कोभिडको बेलामा भाइरसले निमोनिया बनाएको बताउनुभयो ।
सामान्यतया धेरैजनालाई हुने इन्फ्लुएन्जा भाइरसले गर्दा निमोनिया हुने भन्दै अन्य ब्याक्टेरियाले गर्दा पनि निमोनिया हुने डा. अधिकारीले बताउनुभयो । फोक्सोमा संक्रमण भएपछि खोकी लाग्ने, ज्वरो आउने र छाती दुख्ने गर्दछ । साधारण भाषामा निमोनिया भनेको फोक्सो पाक्ने समस्या भएको उहाँको भनाइ छ ।
प्रतिक्रिया