logo
४ माघ २०८१, शुक्रबार

धितोपत्र बजारमा नेप्से परिसूचक ४६ अङ्कले वढ्यो

धितोपत्र बजारमा नेप्से परिसूचक ४६ अङ्कले वढ्यो

काठमाडौँ । धितोपत्र बजारमा मंगलवार शेयर कारोबार मापक नेप्से परिसूचक उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार, नेप्से परिसूचक ४६ दशमलव ६९ अङ्कले उकालो लागेर दुई हजार छ सय ९२ दशमलव ०५ मा पुगेको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ७६ प्रतिशतले उकालो लागेर चार सय ८१ दशमलव २८ मा पुगेको छ । मंगलवार नेप्सेमा कारोबार भएका १३ वटै उपसमूह बढेका छन् ।

कूल एक करोड ३३ लाख ७३ हजार चार सय ८१ कित्ता शेयर छ अर्ब १२ करोड ८२ लाख ६४ हजार पाँच सय ८० मा खरिद बिक्री भएका छन् ।

नेप्सेका अनुसार सप्तकोशी डेभलपमेन्ट बैंक, सानिमा जीआइसी इन्सोरेन्स र कुथेली बुथेली हाइड्रोपावरको शेयर मूल्य १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ ।

त्यस्तै हिमालयन एभरेष्ट इन्सुरेन्सको संस्थापक शेयर, कर्पोरेट, डेभलपमेन्ट बैंकको शेयरमूल्य नौ दशमलव ९८ प्रतिशत र समाज लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य नौ दशमलव १८ प्रतिशतले बढेको छ ।

मंगलवारको कारोबारमा सेन्ट्रल फाइनान्सको शेयर मूल्य एक दशमलव ८८ प्रतिशत, लाइफ इन्सोरेन्स कर्पोरेशन लिमिटेडको एक दशमलव ५७, गुडविल फाइनान्स एक दशमलव २३, हिमालयन लघुवित्त वित्तीय संस्थाको एक दशमलव १२ र आइसीएफसी फाइनान्सको शेयरमूल्य एक दशमलव ०८ प्रतिशतले घटेको छ ।

ताजा अपडेट
TOP