

काठमाडाैँ । सुनको मूल्य बुधबार प्रतितोला १ लाख ६० हजार पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धि र आन्तरिक माग बढेपछि स्थानीय बजारमा सुनको मूल्य बढेको हो ।
मङ्गलबार प्रतितोला १ लाख ५८ हजार १०० मा कारोबार भएको सुनको मूल्य बुधबार प्रतितोला १ हजार ९ सयले बढेर १ लाख ६० हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तै चाँदीको मूल्य प्रतितोला २० बढेको छ । बुधबार चाँदी प्रतितोला १ हजार ८ सय ९५ मा कारोबार हुने भएको छ ।
प्रतिक्रिया