![](https://sambadnepal.com/wp-content/uploads/2024/11/320x405-1.png)
![](https://sambadnepal.com/wp-content/uploads/2024/11/320x405-1.png)
काठमाडौँ । सरकारले साना किसान लाभान्वित हुने गरी बाली तथा पशुधन बिमा कार्यक्रम लागु गरेको छ ।
बिमालेख ५० लाख जारी गरेका किसानलाई ८० प्रतिशत अनुदान, एक करोड सम्मका लागि ६५ करोड र एक करोडभन्दा माथिको बिमालाई ५० प्रतिशतमा वर्गीकरण गरी कार्यक्रम लागू गरिएको हो ।
कृषि तथा पशुपक्षी विकास मन्त्रालयले कृषि क्षेत्रमा धेरै किसानलाई बिमाको दायरामा ल्याउन र उनीहरुलाई अधिकतम सुविधा उपलब्ध गराउन बिमासम्बन्धी सरोकारवालासँग छलफलसहित विद्यमान कार्यविधि परिमार्जन गरी नयाँ कार्यक्रम लागू गरिएको मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीले जानकारी दिनुभयो ।
हालसम्म सबै प्रकारको बिमामा किसानलाई बिमा शुल्क (प्रिमियम) को ८० प्रतिशतसम्म अनुदान दिने व्यवस्था थियो ।
साना किसानले अधिकतम अनुदान प्राप्त गर्ने गरी ल्याइएको कार्यक्रममा ठूला लगानीका किसानले कम अनुदान पाउने व्यवस्था गरिएको छ ।
बाली तथा पशुधन बिमाको प्रिमियम अनुदान उपलब्ध गराउने कार्यविधि २०८१ मा कृषि मन्त्रालयका सचिवको संयोजकत्वमा गठित समितिले प्रत्येक वर्ष बाली तथा पशुधन बिमा कार्यान्वयन गर्ने जनाइएको छ ।
सो विवरण प्राधिकरणले १५ दिनभित्र मन्त्रालयमा बुझाउनुपर्ने छ । विसं २०६९ माघ १ गते देखि सुरु गरिएको बिमा कार्यक्रम व्यवस्थित गर्न विसं २०७० मा अनुदान निर्देशिकामार्फत ७५ प्रतिशत अनुदानको व्यवस्था गरिएको थियो । आर्थिक वर्ष २०७९-८० को बजेटबाट ८० प्रतिशत अनुदान दिइएको थियो । रासस
प्रतिक्रिया