काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अघाडि आत्मदाह गरेका मुगुका युवा गणेश नेपालीको परिवारलाई प्रतिनिधिसभा सदस्य विष्णुबहादुर खड्काले आफ्नो प्रतिवद्धता अनुसार सहयोग रकम हस्तान्तरण गर्नुभएकाे छ ।
खड्काले मृतक नेपालीका परिवारलाइ आफ्नो तीन दिनको पारिश्रमिक उपलब्ध गराउने घोषणा गर्नुभएकाे थियाे ।
खड्काले केही रकम थप गरेर बुधबार मृतक नेपालीकी श्रीमती एकमायालाई २५ हजार रुपियाँ हस्तान्तरण गर्नुभएकाे छ ।
‘संसद बैठकमा घोषणा गरे अनुसार तीन दिनको पारिश्रमिक र केही रकम थप गरेर २५ हजार रुपैयाँ आज (बुधबार) आत्मदाह गरेका नेपालीकी श्रीमतीलाई हस्तान्तरण गरेको छु,’ उहाँले भन्नुभयाे ।
नेपालीले असार २६ गते राहदानी विभाग अघाडि पेट्रोल छर्किएर आत्मदाह गरेका थिए ।
प्रतिक्रिया