रोल्पामा मिनी ट्रक दुर्घटना हुँदा एकको घटनास्थलमै मृत्यु

  रोल्पामा मिनी ट्रक दुर्घटना हुँदा एकको घटनास्थलमै मृत्यु

सुर्खेत ।  रोल्पामा आज  बिहान  मिनी ट्रक दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।

बल्लेखोलादेखि आलु लिएर पोखरातर्फ जाँदै गरेको मिनी ट्रक गुडिरहेकै अवस्थामा अचानक सडक भाँसिएर दुर्घटना हुँदा सल्यानको बागचौर नगरपालिका-४ दुदिलाबोट निवासी ४७ वर्षीय चन्द्रबहादुर बस्नेतको निधन भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक सुनिल थापाले बताउनुभयो ।

ट्रकका सवारी चालक घाइते भएका छन् । माडी गाउँपालिका-१ पात्लेस्थित बल्ले-झिनुवाभित्री सडकमा रा १  ख ३०४५ नम्बरको  उक्त ट्रक दुर्घटना भएको हो । ट्रक सडकबाट झन्डै ३० मिटर तल खसेको थियो ।

TOP