

सुर्खेत । जाजरकोटको कुशे गाउँपालिकाको पैङ्क आसपास केन्द्रबिन्दु भएर शुक्रवार साँझ दुई पटक भूकम्पको धक्का महसुस भएको छ ।
शुक्रवार साँझ ०८ः०७ बजे पहिलो पटक ५ दशमलव २ म्याग्निच्युडको भूकम्पको धक्का महसुस भएको मापन केन्द्र सुर्खेतका कार्यालय प्रमुख चिन्तन तिम्लिसेनाले जानकारी दिनुभयो ।
त्यसैगरी, दोस्रो भूकम्प पनि सोही केन्द्रबिन्दु भएर ०८ः१० बजे ५ दशमलव ५ म्याग्निच्युडको भूकम्पको धक्का गएको उहाँले बताउनुभयो ।
प्रतिक्रिया