logo
शुक्रबार, ३ आश्विन २०८२

लोकतन्त्र समानताका साथ बाँच्ने आधारशीला हाे : राष्ट्रपति पौडेल

लोकतन्त्र समानताका साथ बाँच्ने आधारशीला हाे : राष्ट्रपति पौडेल

काठमाडाैँ । राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्र नै न्यायपूर्ण समाजको आधारशीला भएकाे बताउनुभयाे । उहाँले  आइतबार मौलिक अधिकारहरू यसको जीवनरेखा भएको बताउनुभएको हाे ।

काठमाडाैँमा आयोजित पाँचौं ‘ल एशिया’ तथा अन्तरराष्ट्रिय मानव अधिकार सम्मेलनमा उहाँले यी अधिकारहरूले प्रत्येक व्यक्तिलाई मर्यादा, स्वतन्त्रता र समानताका साथ बाँच्ने अधिकार सुनिश्चित गर्ने उल्लेख गर्नुभयाे ।

नेपालमा, लोकतन्त्रप्रतिको जनताको लामो समयदेखिको समर्पण र उत्सर्गले हामीलाई त्यस्तो समाज निर्माणका लागि हरेक दृष्टिबाट प्रेरित गरेको राष्ट्रपति पौडेलको भनाइ थियो ।

नेपालले लोकतन्त्र प्राप्तिका लागि लामो र कठिन यात्रा तय गरेको उहाँकाे भनाइ छ ।

राष्ट्रपति पौडेलले लोकतन्त्रको सङ्र्घषमा धेरै साहसी व्यक्तिहरूले अथक सङ्घर्ष गरेको बताउँनुभयाे ।

यो सङ्घर्ष नेपालमा लोकतन्त्रको स्थापना पुनस्र्थापना हुँदै सङ्घीय लोकतान्त्रिक गणतन्त्रसम्म आइपुग्न महत्वपूर्ण रहेको उहाँले जनाउनुभयाे ।

राष्ट्रपति पौडेलले कुनै पनि किसिमको यातनारहित स्वतन्त्रतापूर्वक बाँच्न पाउने हक, दासतामुक्त जीवन, रङ्गभेद, लिङ्गभेद, विचार तथा अभिव्यक्तिको स्वतत्रता, अनिवार्य रोजगारी र स्तरीय शिक्षा तथा स्वास्थ्य मानवलाई नभई नहुने अधिकार भएको बताउनुभयो ।

राष्ट्रपति पौडेलले लोकतन्त्रप्रति नेपालको प्रतिबद्धताले आफूहरूलाई विश्वव्यापी रूपमा मानव अधिकार र न्यायको वकालत गर्दै अन्तरराष्ट्रिय मञ्चमा समेत महत्वपूर्ण भूमिका खेल्न सक्षम बनाएको बताउनुभयो ।

ताजा अपडेट
TOP