logo
बिहीबार, २६ भाद्र २०८२

यु-१७ महिला च्याम्पियनसिप: नेपाल भारतसँग पराजित

यु-१७ महिला च्याम्पियनसिप: नेपाल भारतसँग पराजित

काठमाडाैँ । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–१७ महिला च्याम्पियनसिपको उद्घाटन खेलमा नेपाल भारतसँग पराजित भएको छ ।

भुटानको थिम्पुस्थित चाङिलमिथाङ रङ्गशालामा बुधबार भएको खेलमा भारतसँग नेपाल ७-० गोलअन्तरले पराजित भएको हो । भारतले खेलको पहिलो हाफमा पाँच गोल ग¥यो भने दोस्रो हाफमा दुई गोल थप्यो ।

भारतको जितमा अविस्ता बस्नेत, निरा चानु लोङ्जम, अनुष्का कुमारीले समान दुई÷दुई गोल गरे भने जुलन नोन्गमाइथिमले एक गोल थपिन् ।

डबल राउन्ड रोविन लिगको आधारमा सञ्चालन भएको उक्त प्रतियोगितामा विभिन्न चार टोलीले सहभागिता जनाएका छन् ।

जसमा आयोजक भुटानसहित नेपाल भारत र बङ्गलादेश छन् । अब नेपालले शुक्रबार भुटानसँग खेल्नेछ ।

ताजा अपडेट
TOP