logo
आईतवार, २९ भाद्र २०८२

समृद्ध मुलुक र सुखी जनता नै गणतन्त्रको अभिष्ट : राष्ट्रपति

समृद्ध मुलुक र सुखी जनता नै गणतन्त्रको अभिष्ट : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जनताको जीवनस्तरमा सुधार र मुलुकको समृद्धि नै हाम्रो संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको अभिष्ट भएको बताउनुभयाे ।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नाममा स्थापित ‘पुष्पलाल राष्ट्रिय पुरस्कार’ वितरण समारोहमा उहाँले अग्रज नेताको संघर्ष, त्याग र नेपाली जनताको ठूलो बलिदानबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्र प्राप्त गरेकाले गणतन्त्रको अभिष्ट जनताको जीवनस्तरमा सुधार र मुलुकको समृद्धि भएको बताउनुभएकाे हो ।

राष्ट्रपति पौडेलले पुष्पलालले नेपाली समाजको आर्थिक ढाँचा, वर्ग विश्लेषण, उत्पादन प्रणाली र समाजका अन्तरविरोधहरूलाई सुक्ष्म ढङ्गले अभिलेखन गर्न पनि योगदान गर्नुभएको उल्लेख गर्नुभयो ।

राष्ट्रपति पौडेलले पुष्पलालको चिन्तन नेपाली कम्युनिष्टहरूलाई लोकतान्त्रिक प्रक्रियामा रुपान्तरण गर्न एउटा महत्वपूर्ण वैचारिक जग भएको बताउँदै उहाँको यो विचार उपयुक्त थियो भन्ने ०४६ सालको परिवर्तनले पुष्टि गरेको बताउनुभयो । पुष्पलालको यो विचार उपयुक्त थियो भन्ने ०४६ सालको परिवर्तनले पुष्टि गरेको उहाँले बताउनुभयो ।

सो अवसरमा राष्ट्रपति पौडेलले राजनीति तर्फको सम्मान शान्ता मानवी, इतिहासतर्फका सम्मान डा. मेदिनीप्रसाद सेडाईं र साहित्यतर्फ राममणि पोखरेललाई सम्मान गर्नुभएको थियो ।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री बद्रीप्रसाद पाण्डेले पुष्पलालको विचार नेपालको बामपन्थि आन्दोलनलाई नेतृत्व दिन सार्थक रहेको विचार व्यक्त गर्नुभयो ।

नेकपा (एकीकृत समाजवादी)का नेता डा बेदुराम भुषालले पुष्पलालले बामलोकतान्त्रिक धारलाई साथसाथ लैजानुपर्छ भन्ने वितचार २०४६ सालको परिवर्तनले सिद्ध गरेको बताउनुभयो ।

ताजा अपडेट
TOP