logo
सोमबार, ३० भाद्र २०८२

‘नेपाल समृद्धउन्मुख छ, निराश हुन आवश्यक छैन’

‘नेपाल समृद्धउन्मुख छ, निराश हुन आवश्यक छैन’

बागलुङ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा केही भएन भन्ने निराशा त्याग्न आमजनतालाई आग्रह गर्नुभएको छ ।

नेपाल समृद्धउन्मुख रहेकाले नेपालमा केही भएन भन्ने निराशाको अन्त्य गर्दै स्थानीय उत्पादन, घरेलु उद्योग र आत्मनिर्भर कृषि प्रणाली अपनाउन आवश्यक रहेकामा उहाँले जोड दिनुभयो ।

माओवादी केन्द्रले थालेको मध्यपहाडी लोकमार्ग जनजागरण अभियानका क्रममा शुक्रवार बागलुङ बजारमा आयोजित जनसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले मध्यपहाडी लोकमार्गले आर्थिक समृद्धिसँग यहाँका जनतालाई जोडेको बताउनुभयो ।

अध्यक्ष दाहालले भन्नुभयो, “लोकमार्गले सबैभन्दा बढी भाग समेटिएको बागलुङमा विकासको ढोका खुला भएको छ, सडकले आर्थिक समृद्धिमा जोड्न मद्दत गर्दछ, बागलुङको अछेते-गलकोट सुरुङमार्गको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अघि बढेको छ, गलकोट-म्याग्दी जोड्ने सडक निर्माण भए यहाँका जनतालाई फाइदा पुग्ने छ ।”

ताजा अपडेट
TOP