logo
३० माघ २०८१, बुधबार

हाम्रो बारेमा

लोकतन्त्र र सामाजिक विकासका लागि सञ्चार ! यही मूल उद्देश्यसहित- २०७५ भदौ १ गते संभव मिडिया सार्भिस प्रा. लि. स्थापना भएको हो । यसले संवादनेपाल डटकम (sambadnepal.com) अनलाइन पत्रिका सञ्चालन गरेको छ ।

संवादनेपाल, नागरिकको संवाद गर्ने माध्यम हो । यसको केन्द्रमा नागरिकसँग सीधा सरोकार राख्ने विषयवस्तु रहने छन् । सूचना, शिक्षा, अभिप्रेरणा र मनोरञ्जन प्रदान गर्नु यसको लक्ष्य हो ।

सञ्चार दोहोरो हुनुपर्छ, यो हाम्रो मान्यता हो । हामीले सम्प्रेषण गर्ने सामग्री सत्य, तथ्य र सन्तुलित हुनेछन् । यस्ता सामग्री सार्वजनिक महत्वका साथै जनसरोकारका हुनेछन् ।

सामाजिक मूल्य-मान्यता र पत्रकार आचार संहिताले हामीलाई मार्गदर्शन गर्नेछन् । हामीले सम्प्रेषण गर्ने सामग्रीले सुसंस्कृत एवं संवृद्ध समाज निर्माणमा योगदान गर्ने विश्वास गरेका छौं ।

यस अनलाइन पत्रिकामा समाचारमूलक सामग्री रहनेछन् । विचार, समसामयिक लेख, खोज तथा विश्लेषण गरिएका सामग्री पनि हुनेछन् । यसका लागि सञ्चारकर्मी, विषय विज्ञ, शुभेच्छुक महानुभाव, संघसंस्था एवं प्रतिष्ठानबाट सुझाव, सल्लाह, सहयोग लिएर सहकार्य गर्न हामी तत्पर रहेका छौँ ।

धन्यवाद !

TOP